राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरुङ

लोकपथ
21
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयबाट तयार पारिएको ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति, २०८१’ मस्यौदामा एआई का क्षेत्रमा काम गर्दै आएका विज्ञ एवं सरोकारवालाहरूबाट प्राप्त सुझाव समेटेर प्रभावकारी र दीर्घकालीन बनाइने बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज भएको छलफलमा मन्त्री गुरुङले एआई क्षेत्रका लागि आवश्यक पर्ने सबै प्रावधान नीतिमा समावेश गरिने विश्वास दिलाए। ‘एआई नीति अहिलेको आवश्यकता हो, त्यसैले अलि मेहनत गर्नुपर्ने छ, ‘सरकारको प्रवक्तासमेत रहेका मन्त्री गुरुङले, ‘आवश्यक विषयवस्तु छुटाउनु हुँदैन । गहन र विस्तृत नीति ल्याउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?