काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान तराईका धेरै भू-भागहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
बुधबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्छ । यसतर्फ आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया