रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलनको अभियोगमा जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो । सोही मुद्दाको बयानका लागि लामिछाने मंगलबार नै बुटवल पुगेका थिए ।

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ ।

त्यसो त लामिछानेले यसअघि सहकारी ठगी प्रकरणमा दुई अदालतबाट यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । जिल्ला अदालत कास्कीले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेको चितवन र पर्सामा समेत सहकारी ठगीको मुद्दा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?