बालुवाटारमा मध्यराति ओली–वामदेवको त्यो भेट, जसले बन्यो सहकार्यको वातावरण

लोकपथ
399
Shares

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम पुनः पार्टीमा फर्किने चाँजोपाँजो मिलाउँदैछन् । केही दिनयता वामदेव एमालेमा जाने तयारीका साथ छलफललाई तिव्रता दिइरहेका छन् ।

एकीकृत समाजवादीमा प्रवेश र आफ्नो नेकपा एकता राष्ट्रिय अभियानलाई एकता गराउने तयारीमा वामदेव थिए । तर एकाएक वामदेवको असीमित मागपछि पार्टी एकताको काम नै भंग हुन पुग्यो । अहिले पुनः नेकपा एमालेमा जाने तयारी भइरहेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले वामदेवलाई पार्टीमा आउनका लागि ढोका खुला गर्ने र सहकार्य गर्न तयार भएको निर्णय गरेको थियो ।

सो अनुसार वामदेवले आफू निकटका नेता समेत रहेका महासचिव डीबी कार्कीलाई वार्ताका लागि पठाएका छन् । अहिले कार्कीले च्यासलमा वार्ता गरिरहेको गौतमले लोकपथलाई जानकारी दिए ।

‘दुई पार्टीबीच सहकार्य हुने पक्कापक्की जस्तै भइसकेको छ । हिजोको एमाले सचिवालय बैठकको निर्णय अनुसार सहकार्यका लागि मैले महासचिवलाई खटाएको छु । उहाँ अहिले च्यासलमा वार्ता गरिरहनु भएको छ । उहाँले वार्ता गरेर रिपोर्टिङ गरेपछि बाँकी कुरा हुन्छ,’ गौतमले लोकपथसँग भने ।

त्यसो त एकीकृत समाजवादीमा जान अन्तिम तयारीमा रहेका वामदेव किन पुनः एमालेमा जान तयार रहे भन्ने विषयले राजनीतिक माहोल तरंगित बनेको छ । यसैबीच दुवै पार्टीसँग वामदेवको समानान्तर रुपमा छलफल चलेको थियो ।

करिब एक साता अघि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए । राति १० बजे बालुवाटार पुगेका वामदेव र ओलीबीच केही घण्टा त्यस विषयमा कुराकानी भयो । त्यसपछि दुई पार्टी सहकार्य गर्ने वातावरण बनेको वामदेवले लोकपथलाई बताए ।

‘उहाँ (प्रधानमन्त्री) ले मलाई करिब एक साता जति अघि मलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनुभयो । म गएँ हामीबीच सहकार्य गरेर अघि बढ्ने सहमति भयो ।’

यो पनि…

एकाएक एमालेतर्फ किन मोडियो वामदेवको मन ? (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?