जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
49
Shares

मकवानपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा  बागमती गाउँपालिका–३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जन रहेका छन् । 

बम्जनले ११ वर्षीया बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई  मंगलबार साँझ पक्राउ गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?