बाँके । केही दिनयता नेपालगञ्ज र आसपासका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी कम्बल वितरण सुरु गरेका छन् ।
आठ स्थानीय तह रहेको बाँकेका सम्बन्धित स्थानीय तहसँगको समन्वयमा पालिकाका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने प्रबन्ध गरिएको जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
जिल्लाको कोहलपुर नगरपालिकाका सबै वडाका एक सय ४० स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएको बताउँदै उनले विभिन्न पालिकामा हालसम्म चार सय ७५ कम्बल वितरण गरिएको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया