सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै पेन्सनको व्यवस्था गर्ने गृहमन्त्रीको घोषणा

लोकपथ
1.5k
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा नै पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको घोषणा गरेका छन् । आज सशस्त्र प्रहरी दिवसका अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

त्यस्तै उनले आफू गृहमन्त्री बनेदेखि नै सुरक्षा निकायको ऐन, कानुन बनाउने कार्यमा जोड दिँदै आएको समेत बताए ।
‘सशस्त्र प्रहरीका सम्पूर्ण अधिकृतदेखि जवानहरुको आवाजलाई समेटेर कानून बनाइएको छ,’ उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

कार्यक्रममा बोल्दै उनले कानुनमार्फत नै सशस्त्र प्रहरी जवानहरुले लामो समयदेखि माग राखेको १६ वर्षमा अवकाशमा जान पाउने सुविधाको व्यवस्था गरिएको उनले घोषणा गरे । ‘आज यो कुरा राख्न पाउँदा मलाई खुशीको अनुभूति भएको छ’, लेखकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?