नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक : महामन्त्री शर्मा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको साझा वैदेशिक सहायता नीति आवश्यक रहेको बताएका छन्  ।

बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।

 उनले वैदेशिक सहायता नीतिको साझा श्वेतपत्र बनाउन सरकारले पहल गर्न जरुरी रहेको बताए । हालसम्म नेपालले पाएका वैदेशिक सहायताको तथ्यांक श्वेतपत्रमा राख्नुपर्ने पनि बताए । उनले वाह्य सहयोगको सन्दर्भमा नेपाल शतर्क, उदार, जिम्मेवार र गम्भीर बन्नुपर्ने बताए ।  

महामन्त्री शर्माले निश्चित दल विशेषको आकंक्षा र चाहना भन्दा राष्ट्रिय रूपमा साझा दृष्टिबाट वैदेशिक सहयोग लिने व्यवस्था गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?