काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अन्तर्राष्ट्रिय सहायता नीति एउटै बनाउनुपर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले अन्तर्राष्ट्रिय सहायता नीति २०७६ रहेको र सोही नीतिअनुसार अहिलेसम्म अघि बढिरहेको बताए । उनले अहिले अन्तर्राष्ट्रिय सहायता नीति बारेमा संसदमै गहन छलफल गर्न जरुरी रहेको बताए ।
उनले नेपालमा जुनसुकै राजनीतिक दलले सरकारको नेतृत्व गरे पनि नेपालको वैदेशिक नीति एउटै हुन्छ भन्ने मानक स्थापित गर्न जरुरी रहेको बताए । सरकार बदलिने भए पनि वैदेशिक सहायता नीति नबदिलिने बनाउनुपर्ने बताए । राष्ट्रिय स्वार्थका सन्दर्भमा नेपालका राजनीतिक दलहरूको एउटै धारणा बनाउनुपर्ने बताए ।
महामन्त्री थापाले सरकारमा बस्नेहरू पनि बिस्तारै वैदेशिक सहायता नलिए कसैले गाली नगर्ने र वैदेशिक सहायता परिचालनको सन्दर्भमा छलफल गरे अनेकन आरोप/प्रत्यारोप खेप्नुपर्ने डरले वैदेशिक सहायता नै नलिने गरी अघि बढ्नसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया