प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

लोकपथ
56
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा  ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ । 

सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरेका हुन् । 

विपद्मा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरणमा हातेमालो गर्ने उद्देश्यले सङ्गठनका अधिकृतबाट संकलित रकम हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?