ट्रम्पद्वारा अमेरिकामा ५ सय अर्ब डलरको एआई पूर्वाधार लगानीको घोषणा

लोकपथ
63
Shares

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा ओपनएआई, सफ्टबैंक र ओरेकलबाट ५ सय अर्ब अमेरिकी डलरको लगानीको घोषणा गरेका छन् । 

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले तीन कम्पनीहरू स्टारगेट नामक नयाँ एआई पूर्वाधार कम्पनीमा साझेदारी गर्न तयार रहेको बताए । जसले देशभरका डाटा सेन्टरहरूसहित एआईको अर्को पुस्तालाई शक्ति दिन भौतिक र भर्चुअल पूर्वाधार निर्माण गर्नेछ । कम्पनीहरूले १०० अर्ब डलरको लगानीबाट सुरु गर्नेछन् । जसमा आगामी चार वर्षमा परियोजनामा ५०० अर्ब डलरसम्म लगानी गर्ने योजना छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?