काठमाडौं । पछिल्ला दिनहरुमा सडक दुर्घटना बढिरहेका छन् । विशेष त तराईका जिल्लाहरुमा दुर्घटनाका कारण धेरैले ज्यान गुमाइरहेको तथ्यांक सार्वजनिक भइरहेका छन् ।
विगत ६ महिनाको अवधिमा नै सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका पाँच सय छ दुर्घटना भएको र उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको हो ।
त्यसो त अघिल्लो वर्षको सोही अवधिमा धनुषामा पाँच सय ९८ दुर्घटना भएको थियो, जसमा ३९ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै समीक्षा अवधिमा ट्राफिक नियम उल्लघंन गरेका १२ हजार पाँच सय ९३ सवारीसाधनका सञ्चालकबाट ९७ लाख ५८ हजार पाँच सय राजस्व संकलन भएको जनाएको छ ।
गत आवको सोही अवधिमा १४ हजार दुई सय ३६ सवारीसाधनबाट एक करोड छ लाख ५४ हजार पाँच सय राजस्व संकलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया