‘एक्टर : टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने

लोकपथ
14
Shares

काठमाडौं । यही माघ १६ गते रिलिज हुने नेपाली चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । यो कन्टेस्टका एक जना विजेताले ‘एक्टर: टेक वन’को निर्माण कम्पनी अधृत फिल्म्स् प्रालिले निर्माण गर्ने आगामी चलचित्रमा अभिनयको लागि अवसर प्राप्त गर्नेछन् ।

यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडियोलाई चलचित्रको आन्तरिक सृजनात्मक टिमले मूल्याङ्कन गरी विजेता घोषणा गरिने बताइएको छ । यो कन्टेस्टको समयावधि चलचित्र रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ । यस कन्टेस्टको लागि ‘एक्टर: टेक वन’का कलाकार प्रदीप खड्काले विजेता घोषणा गर्नेछन् ।

हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको चलचित्र युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । हालसम्म ट्रेलरलाई पच्चीस लाख भन्दा धेरैले युट्युबमा हेरेका छन् भने नेपाल ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?