काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्याइएको बताएका छन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले समयको अभाव र काम गर्नुपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए ।
उनले मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको उल्लेख गर्दै अर्थतन्त्रका समस्याहरूलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोसिस गरिरहेको बताए ।
उनले समग्र अर्थतन्त्रलाई गतिशील,चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए ।
उनले अहिलेको सरकारले कुनै औषत काम गरेर एउटा सरकारको सूचिमा अर्को एउटा सरकार भएर दिन बिताउने पक्षमा नरहेको बताए । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरूको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताए ।
आन्तरिक र वाह्य लगानी लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको बताए । उपप्रधानमन्त्री पौडेलले वर्तमान सरकारले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा काम गर्न चाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया