महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै

लोकपथ
441
Shares

काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा सुरु गरेको हो । 

काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरू आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरू थपिएसँगै महानगर यातायातका बसहरू ८९ पुगेको प्रालिले जनाएको छ । 

सप्रिदी ट्रेडिङ्ग प्रालिले सोही कार्यक्रममा बसहरुको चाबी महानगर यातायात प्रालिलाई हस्तान्तरण गरेको हो । नयाँ बसहरू सञ्चालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तव्य र रुटहरुमा पनि सेवा बिस्तार गरेको महानगर यातायात प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले बताए । आजदेखि नै महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेपलाञ्चाकको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गरेको बताए । साथै महानगर यातायात प्रालिले आफूलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेको पनि जानकारी दिए । 

उनले महानगर यातायात प्रालिले छिटै नै १० वटा विद्युतीय बसहरू समेत सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको जानकारी दिए। एक वर्षभित्रै ५० वटा विद्युतीय बसहरू सञ्चालन गर्ने तयारी रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?