ट्रम्पको आप्रवासन नीतिले ६ महिनाभित्रै ३ हजार भन्दा बढी नेपाली नेपाल फर्काइँदै

लोकपथ
707
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ ।

गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यो नीतिको मारमा पर्ने भएका हुन् ।

नेपयोर्कका अनुसार, स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली सन् २०१५ को जुन २४ पछि अमेरिका पुगेकाहरू रहेका छन् ।
अमेरिकाले पछिल्लो ४ वर्षमा १०३ नेपालीलाई नेपाल फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २३ मा २५ र सन २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?