रविलाई थुनछेकअघि परिवारको जिम्मा लगाएकोप्रति इजलासमा असन्तुष्टि

लोकपथ
728
Shares

काठमाडौं । बुधबार आफैँ जिल्ला अदालत रुपन्देहीमा बयानका लागि उपस्थित भएका रास्वपा सभापति रवि लामिछानेलाई बयानपछि परिवारको जिम्मा लगाइयो । सहकारी ठगी प्रकरणमा बयानका लागि उपस्थित लाछिानेको मुद्दाको पेसी न्यायाधीश प्रल्हादकुमार योगीको इजसालमा परेको थियो ।

न्यायाधीश योगीले आज उपस्थित हुने सर्तमा लामिछानेलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाउने आदेश दिए । तर आज लामिछानेलाई थुनछेक अघि नै परिवारको जिम्मा लगाइएको भन्दै असन्तुष्टी देखिएको छ ।

रविको मुद्दामा सरकारी वकिलको तर्फबाट सहमहान्यायाधिवक्ता शोभाकान्त भण्डारी, उपन्यायाधिवक्ता प्रकाश मरासिनी र रवि न्यौपानेले थुनछेक बहसमा भाग लिएका छन् ।

उनीहरुले बयान सकिएपछि थुनछेक बसहका लागि थुनामा पठाउने प्रचलन रहेकोमा न्यायाधीशले परिवारको जिम्मा लगाएको भन्दै प्रश्न उठेको हो ।

तर न्यायाधीश योगीले त्यसबाट कुनै फरक नपर्ने तर्क गरेपछि अहिले पनि थुनछेक बहस जारी रहेको छ । सरकारी वकिलका तर्फबाट बहस गर्ने बहसकर्ताहरुले रविले नक्कली ठेगाना राखेर सहकारीको रकम गोरखा मिडियामा लैजाने काम गरेको जिकिर गरेका छन् ।

त्यस्तै सरकारी वकिलको बहस सकिएपछि जाहेरकर्ताको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय डा. दिनेश त्रिपाठी र डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

त्यस्तै त्यसपछि प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतले बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?