सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिका-१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
अकलेशले ती बालिकालाई सोही गाउँपालिका-७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया