वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने 

लोकपथ
42
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी दिएका हुन् ।  उनले वैदेशिक रोजगारीको व्यवस्थापनको लागि सरकार लागिपरेको बताए । 

उनले वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने  क्रम बढिरहेको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि सरकार लागि परेको बताए । उनले वैदेशिक रोजगारसम्बन्धीका मुद्दाहरू जिल्ला तहको अदालत र स्थानीय प्रशासनले हेर्ने गरी कानुन परिमार्जन गर्नुपर्ने बताए । उनले वैदेशिक रोजगारसम्बन्धी मुद्दा जिल्ला तहले हेर्ने व्यवस्था गर्न सकिए मात्रै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न सकिने बताए । 

उनले सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकलाई बिना धितो ऋण उपलब्ध गराउने नीति लिएको पनि बताए । उनले वैदेशिक रोजगारमा जाँदा लाग्ने लागको टुंगो लगाउनसके उक्त कार्यक्रम कार्यान्वयन गर्न सकिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?