दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि काठमाडौंमा 

लोकपथ
56
Shares

काठमाडौं । दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ । यही जनवरी २५ देखि काठमाडौंमा सुरु हुने प्रदर्शनीमा दक्षिण एसियाका दशजना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन् । 

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने विश्वास लिएको छ  । 

प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने डा  लोखन्डावाले बताइन् । प्रदर्शनीमा राखिएका सृजना सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन् ।

तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम डा  लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो ।

‘म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकारी छ, त्यसैले नेपालमा यसप्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिए, धेरै वर्ष अगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो, ‘उनले भनिन् । 

प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एकरएक महिला कलाकारका सृजना रहनेछन् । आयोजकका अनुसार भारतीय कलाकारहरु अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा रहनेछन् । सबै कलाकारहरूले कलामार्फत पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् । 

‘प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारको शक्तिलाई उजागर गर्नेछ, ‘उनले भनिन्, ‘कलामार्फत गहिरो गरी समाजमा व्याप्त पितृसत्तात्मक संरचनाहरूको विरोध र सोचमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’

नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एशियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ । ‘प्रदर्शनीमार्फत भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौँ, ‘उनले भनिन् ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सृजना समेत समावेश छन् । पुष्पमाला एनको ‘अभेगा– द प्यासन (२०१२)’ ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ ।

प्रदर्शनीको औपचारिक उद्घाटनअघि बिहीबार ‘डिकोलोनाइजिङ द फेमिनिन्  आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया’ शीर्षकमा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ ।कार्यक्रममा पितृसत्तात्मक प्रणालीहरूलाई चुनौती दिँदै नारीवादी बहसलाई प्रवर्द्धन गर्न कलाले कसरी भूमिका खेल्छ भन्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?