२७ लाखको लागतमा स्वास्थ्य केन्द्रको भवन निर्माण

लोकपथ
28
Shares

म्याग्दी । बेनी नगरपालिका-५ सेतोढुंगामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ ।  गैरसरकारी संस्था गुड नेभरहुडको २७ लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएको हो । 

सहरी स्वास्थ्य केन्द्रबाट बेनी नगरपालिका–४ को डाँडाखेत, वडा नं ५ को सेतोढुंगा, कुमाल्नी, वडा नं ६ को छापका बासिन्दाले सेवा प्राप्त गर्न सहज भएको छ । 

वडा स्तरका स्वास्थ्य चौकीमा सेवा लिन अपायक पर्ने बस्तीलाई लक्षित गरेर नगरपालिकाले सेतोढुंगाको साथै वडा नं ४ को सिङ्गा र वडा नं ९ को गलेश्वरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको छ । केन्द्रबाट स्वास्थ्य परीक्षण, परामर्श, खोप सेवा प्रवाह हुने बेनी नगरपालिकाको जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?