रवि लामिछानेको थुनछेक बहस आज पनि जारी

लोकपथ
56
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी रहने भएको छ। बिहीबार जिल्ला अदालत रुपन्देहीमा बहस नसकिएपछि शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

बिहीबार बहस नसकिएपछि आज पुनः जिल्ला अदालत रुपन्देहीमा बहस हुनेछ । सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारबाट उक्त मुद्दामा बहस सुरु भएको थियो ।

बिहीबार सरकारी वकिलहरुले थुनछेक बहस गरेका थिए । साथै सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

बुधबार पनि परिवारका जिम्मा लगाइएका लामिछानेलाई बिहीबार पनि शुक्रबार पुनः अदालतमा उपस्थित हुने सर्तमा पुनः परिवारको जिम्मा लगाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?