काठमाडौं । गोरखामा कुवामा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६ ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको कुवामा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माकाअनुसार करिब पाँच फिट गहिरो कुवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ ।
घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया