सफ्टवेयर ह्याक गरि भाटभटेनीले सरकारलाई तिर्नुपर्ने राजस्व दोब्बर बनाइदिएपछि…

लोकपथ
1.9k
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनाधिकृत रुपमा प्रवेश गरी तिर्नुपर्ने दायित्व करको रकम घटबढ गर्ने २ जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विद्युतीय कसूर गरेको आरोपमा पर्वत बिहादी गाउँपालिका–३ का सन्तोष पराजुली (२८ वर्ष) र गोरखा भिमसेन थापा गाउँपालिका–४ का परिन पाण्डेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३ थान ल्यापटप, १ थान सिपियू, १ थाा वाइफाइ राउटर, १ थान डीभीआर र २ थान मोबाइल जफत समेत गरिएको छ ।

उनीहरुलाई गत माघ ५ गते शनिबार चितवनको भरतपुर महानगरपालिका–३ बाट पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी एसपी सुधिरराज शाहीले जानकारी दिए । उनीहरुले लेखापढी गर्ने निजी फर्म ‘बिहादी बिजनेश म्यानेजमेन्ट’ नामक निजी फर्म सञ्चालन गर्दै आइरहेका थिए । उनीहरुलाई सो दिन कार्यालयबाटै पक्राउ गरिएको हो ।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको एकीकृत कर प्रणाली सूचनामा पहुँच पुर्याइ सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने राजस्व दोब्बर बनाएका थिए । भाटभटेनीले कुल २ अर्ब चौतिस करोड सोह्र लाल बयालिस हजार आठ सय १६ रुपैयाँ आम्दानीबाट ६ करोड छब्बीस लाख चौरानब्बे हजार उन्नाईस् रुपैयाँ कर तिर्नुपर्ने थियो । तर उनीहरुले अनाधिकृत पहुँच पुर्याइ करदाता भाटभटेनी सुपरमार्केटबाट बढी कर तिर्नुपर्ने दायित्व सिर्जना गरी १३ करोड ९ लाख उनान्साठी हजार ६ सय ९ रुपैयाँ कर दायित्व सिर्जना गरिदिएका थिए ।

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेका एसपी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?