जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
91
Shares

तनहुँ  । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ डुम्रे बस्ने भारत मोतीहरी घर भएका २२ वर्षीय श्रवण कुमारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

श्रवणले ती किशोरीलाई डर त्रास देखाई असोज १५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?