काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी- माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।
२३औँ सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि लामो समयपछि आज मतदान हुन लागेको हो।
अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि मतदान हुन लागेको हो। मतदान साँझ ६ बजेसम्म हुनेछ। आजै रातिदेखि मत गणना सुरु गर्ने तयारी छ।
३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य चयन गर्न दुई हजार ३९८ जना प्रतिनिधिले मतदान गर्नेछन् । उम्मेदवारका विषयमा दाबी विरोधपछि २० जनाको उम्मेदवारी निर्वाचन समितिले रद्द गरेको छ।
उम्मेदवार कायम रहेकामध्ये एक अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा प्रतिस्पर्धामा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया