शिक्षणलाई सूचना प्रविधिसँग जोड्न प्राध्यापकलाई तालिम

लोकपथ
105
Shares

चितवन ।  शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउने तथा शिक्षणलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले प्राध्यापकलाई तालिम दिइएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले २४ जना प्राध्यापकलाई १० दिनसम्म तालिम प्रदान गरिएको हो ।

उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको सहयोगमा यही माघ ३ देखि ६ गतेसम्म अनलाइन विधिबाट र माघ ६ देखि १२ गतेसम्म प्रत्यक्ष सहभागितामा तालिम प्रदान गरिएको संस्थानका डीन डा ठाकुर सिलवालले बताए । 

कार्यक्रममा वन विज्ञान संस्थानअन्तर्गतका हेटौंडा, पोखरा र काठमाडौं क्याम्पसका प्राध्यापकलाई सहभागी गराई पाठ्यक्रमलाई बजारको मागसँग जोड्न, शिक्षणलाई सूचना तथा प्रविधि, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्न, सिकाई व्यवस्थापनलाई प्रभावकारी बनाउन तालिम दिइएको उनले उल्लेख गरे।

डा सिलवालका अनुसार तालिमका प्रमुख सत्रहरूमा आत्मबोधका लागि योग, पाठ्यक्रमलाई बजारको मागसँग जोड्ने, शिक्षणलाई सूचना तथा प्रविधि जोड्ने, नवप्रवर्तनशील शिक्षण विधि प्रयोग गरी आधुनिकीकरण गर्ने, सिकाई व्यवस्थापन प्रणाली सुधार गर्नेलगायत अनुसन्धान तथा प्रकाशनसम्बन्धी विषयहरू समेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?