विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी : उपप्रधानमन्त्री सिंह

लोकपथ
28
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । 

काठमाडौंमा शनिबार अयाोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केही भएन र गरेन भन्ने तर काम सुरु गरेपछि आफ्नो जग्गा थोरै पर्‍यो भने विरोध सुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । 

उनले माघ १८ गतेबाट संसद्को अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरू पारित गर्ने गरी अघि बढ्ने बताए । अस्वस्थ प्रतिस्पर्धाबाट आएकाहरूको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै उनले प्रश्न गरे । 

उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताए । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?