नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती छ : पर्यटनमन्त्री पाण्डे

लोकपथ
14
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन् । 

४६ औँ पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए । उनले पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको बताए । 

नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुने बताए । पर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताए । पर्यटकहरू देशको समृद्धिको वाहक भएको बताए । 

पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए । उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी सुरु गरेको बताए । प्रहरी पर्यटकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सीमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?