नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना छ : माधव नेपाल

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताए ।

उनले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभई सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताए । उनले कम्युनिष्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको देशमा अचम्मको परिवर्तन गर्न सक्ने अवस्था रहेको बताए ।

देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यक हुने बताए । अध्यक्ष नेपालले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्ने गरी काम गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?