झलनाथ खनालले भने– ‘समाजवादी मोर्चा अहिलेको आवश्यकता हो’

लोकपथ
189
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् । 

शनिबार काठमाडौंमा एकदेव आलेको ५६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत् वामपन्थी एकताको भएको र महसुस नभएको खण्डमा ०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।

एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताए । 

उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताए । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताए।  

पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताए। उनले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी नेपाली काँग्रेस नै रहेको बताए। नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रूपले विभाजित भइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?