वामदेवको प्रश्न- कांग्रेससँग मिलेर निर्वाचन लड्ने अनि अहिले दलाल सरकार भन्ने ?

लोकपथ
728
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवाद निर्माणमा तत्काल लाग्न आह्वान गरेका छन् ।  शनिबार काठमाडौंमा एकदेव आलेको ५६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले पुष्पलाललाई स्मरण गर्ने हो भने तत्काल समाजवाद निर्माणमा लाग्नुपर्ने उल्लेख गरे । उनले समाजवाद निर्माणमा नलाग्ने हो भने जिब्रो पड्काएर मात्रै केही नहुने बताए ।

उनले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र प्रति लक्षित गर्दै सरकार दलाल हो भनेर आलोचना गर्नु दुःखद भएको बताए ।

उनले कांग्रेससँग मिलेर निर्वाचन लड्ने, सरकार बनाउने र फेरि पनि मिल्न पाए मिल्ने कोसिस गरिरहेको भन्दै अहिले सरकार दलाल हो भनेर आलोचना गर्नु उचित नभएको बताए । उनले कम्युनिष्ट हो भने अब समाजवाद निर्माण गर्न लाग्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?