काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जान्नेलाई छान्ने नाममा नेपाललाई अस्थिरताको दुष्चक्रमा फसाउने षड्यन्त्र गरिएको बताएका छन् ।
शनिबार काठमाडौंमा युवा संघ नेपालले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पुराना पार्टी असफल भए अब नयाँ खोज्नुपर्छ भन्ने भ्रम फैल्याएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै जान्नेलाई छान्ने भन्ने अयिन्ताहरु सहकारीको रकम कम्पनीमा प्रयोग गर्न पाइँदैन भन्ने पनि जानकारी नराख्नेहरू रहेको बताए ।
उनले जान्नेलाई छान्ने भन्नेहरूले नेपालको कानुन पहिला जान्नुपर्ने बताए । अब युवाहरूले बुझिसकेको भन्दै युवाहरू भ्रमित नहुने बताए । मुलुकका समस्या समाधान गर्नका लागि अनुभव नभएकाहरू र राजनीतिक विज्ञानसँग बेखबर भएका, सामाजिक सञ्जालमा लोकप्रियता हाँसिल गरेका भरमा राजनीतिको मैदानमा सफल नभइने बताए । राजनीति आफैँमा एउटा विज्ञान भएको बताए ।
महासचिव पोखरेलले राजनीति गर्नेहरूले संघर्ष गर्न सक्नुपर्ने र धैर्यता राख्न सक्नुपर्ने बताए । सयौँ फूलहरू फुल्न दिनुपर्छ भन्नुको अर्थ सयौँ पार्टीहरू खोलेर सत्ताको राजनीतिमा लुछाचुँडी गर्नुपर्छ भन्ने नभएको बताए । समाजवादका नाममा अनेक प्रकारका दलहरूले खोलेर समाजवादी आन्दोलनलाई कमजोर पार्ने काम भइरहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया