माधव नेपालप्रति युवराज ज्ञवालीको कटाक्ष : ‘अन्तरविरोध हुँदैमा पार्टी फुटाउने संकीर्ण सोचबाट मुक्त होऔँ’

लोकपथ
252
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र अन्तरविरोध हुँदैमा नयाँ पार्टी गठन गर्ने कुरा राम्रो नभएको बताएका  छन् । शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीमा अन्तरविरोध हुँदैमा पार्टी फुटाउनैपर्ने संकीर्ण सोचबाट मुक्त हुनुपर्ने बताए। उनले सबै कम्युनिष्ट पार्टीहरूले समाजवादलाई एजेण्डा बनाएर अघि बढेको भएपनि एक ठाउँमा उभिन नसकेको बताए । उनले मतभेद हुँदैमा पार्टी फुटाउने कुराको गहन विश्लेषण जरुरी रहेको बताए । 

उपाध्यक्ष ज्ञवालीले अन्तरविरोध हुने बित्तिकै पार्टी फुट्नैपर्ने, फुटाउनैपर्ने र सँगै बस्नै नसक्ने संकीर्णता तोडेर मिल्ने जति मिल्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?