कास्की । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।
तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज उद्घाटन गर्दै उनले राजनीतिक दलहरू सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताए ।
नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उनले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरे ।
कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया