एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भर्चुअल टिप्पणी गर्दै आफ्नो सरकार चीनसँग मिलेर काम गर्ने कुरामा आशावादी रहेको बताएका छन् । युक्रेनमा चलिरहेको अवस्थालाई सम्बोधन गर्दै ट्रम्पले चीनको भूमिकालाई स्वीकार गर्दै सहयोगको आशा व्यक्त गरे ।
ट्रम्पले तेलको मूल्य बढेकोमा चिन्ता व्यक्त गर्दै साउदी अरेबिया र पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक)लाई लागत घटाउन आग्रह गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया