काठमाडौं । आसन्न संसद्को अधिवेशनको तयारीबारे सभामुख देवराज घिमिरेले बैठक बोलाएइका छन् ।
आगामी माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।
हिउँदे अधिवेशनको तयारीस्वरुप सभामुख घिमिरेले आज बिहान ११ बजेका लागि सत्तापक्षका मुख्य तथा प्रमुख सचेतकको बैठक बोलाएका छन् । उक्त बैठक केहीबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा केहीबेरमा बस्नेछ ।
त्यस्तै सभामुख घिमिरेले आजै दिउँसो २ बजेका लागि प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी दलका प्रमुख सचेतकहरुसँगको बैठक बोलाएका छन् ।
यसैगरी भोलि माघ १४ गते संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ५ दलका मुख्य र प्रमुख सचेतकहरुसँग छलफल बोलाएका छन् । उक्त बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
त्यस्तै माघ १५ गते मंगलबारका लागि सभामुख घिमिरेले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।
त्यस्तै विभिन्न विधेयक रहेका संसदीय समितिका सभापतिहरुसँग समेत सभामुखले अलगअलग छलफल गर्नेगरी बैठक आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया