काठमाडौं । सरकारले सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले उक्त एडभाइजरी सार्वजनिक गरेको हो । जसमा सरकारी निकायको सार्वजनिक सूचना प्रणालीको प्रयोगकर्ताहरुले आफ्नो निकायका विभिन्न एप्लिकेशनहरुमा सहजै पहिचान हुन नसक्ने स्ट्रङ पासवर्ड राख्ने र त्यसलाई तीन–तीन महिनामा परिवर्तन गर्न समेत सूचित गरिएको छ ।
त्यस्तै विभिन्न सर्भरहरुको पहुँच र गतिविधिहरुको ट्र्याक गर्नका लागि सिस्टम लग र सर्भर लग इनेवल गर्ने साथै अनियमित गतिविधिहरुको निगरानी राख्न समेत निर्देशन दिइएको छ । त्यस्तै संवेदनशील सूचना रहने क्षेत्रहरुमा अनाधिकृत पहुँच हुन नदिनका लािग सुरक्षाको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।
यस्तो छ सरकारी सूचना प्रविधि प्रणालीको प्रयोगकर्ताका लागि जारी गरिएको साइबर सुरक्षा एड्भाइजरी :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया