कांग्रेस–एमाले नेताहरुलाई सोविताको आग्रह– ‘न्यूनतम राजनीतिक संस्कार कायम राख्नुस्’

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले कांग्रेस–एमलो लगायतका दलहरुका नेताहरुलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्न आग्ह गरेकी छन् ।

पार्टी सभापति रवि लामिछानेको मुद्दा र रास्वपालक्षित नेताहरुको टिप्पणीप्रति कटाक्ष गर्दै सांसद गौतमले सो कुरा बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै सरकारले रविमाथि दुषित मनसाय राखेर अभियोजन गरिरहेको आरोप लगाउँदै अदालतको फैसला आउनु अघि नै दोषी करार गरिएको भन्दै कटाक्ष गरेकी हुन् ।

सहकारी ठगी प्रकरणमा रविमाथि अभियोग नै दूरासयपूर्ण रुपमा आएको भन्दै अभियोग लाग्नु नै अन्तिम सत्य भएजसरी अभिव्यक्ति आइरहेको भन्दै आपत्ति जनाइन् ।

‘मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध : एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ,’ उनले सामाजिक सञ्जालमा भनेकी छन् ।

कांग्रेस–एमाले लगायतका दलहरुका शीर्ष नेताहरुको अभिव्यक्तिले रविको मुद्दामा अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाएकी छन् । एकातिर सुशासनको कुरा गर्ने र अर्कोतिर अदालतमा विचाराधीन मुद्दामाथि निरन्तर प्रभावित पार्न खोजेको उनको आरोप छ ।

‘सत्ताको शक्तिले अदालतलाई यस्तो–यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् । बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन । स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जावस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्युनतम राजनितिक संस्कार चै कायम राखिदिनुस,’ उनले भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?