काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते संसदमा सम्बोधन गर्ने भएका छन् ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, सो दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया