स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा काफ्ले, उपाध्यक्षमा तिमल्सिना निर्वाचित

लोकपथ
14
Shares

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको छैटौँ राष्ट्रिय अधिवेशनबाट भिषा काफ्लेको नेतृत्वमा स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनबाट काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् ।

हेल्थ आवाजका कार्यकारी सम्पादक समेत रहेका काफ्ले यसअघि मञ्चको वरिष्ठ उपाध्यक्ष थिए । मञ्चको अध्यक्षाम काफ्ले र नेपाल समाचारपत्रकी भगवती तिमिल्सिनाबीच प्रतिस्पर्धा भएको थियो ।

अधिवेशनबाट निर्वाचित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा मेडिकल पत्र डटकमका सम्पादक बुद्धि कट्टेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, दुई उपाध्यक्ष पदमध्ये एकमा महेश तिमल्सिना निर्वाचित भए भने अर्को उपाध्यक्ष पदमा शरद शर्मा र सञ्जिता खनालको बराबर मत आएपछि एकएक वर्ष आलोपालो गर्ने सहमति भएको थियो । उपाध्यक्षमा जनस्वास्थ्य सरोकारका सम्पादक पुरुषोत्तम घिमिरे पनि प्रतिस्पर्धामा थिए ।

महासचिवमा शिवहरि घिमिरे निर्वाचित भए । उनको प्रतिद्वन्द्वीका रुपमा स्वास्थ्यखबरका डिबी खड्का प्रतिस्पर्धामा थिए । त्यस्तै, सचिवमा ज्योति अधिकारी निर्वाचित भएकी छन् । उनीसँग प्रकाश बस्याल प्रतिस्पर्धामा थिए । यसैगरी, मञ्चको कोषाध्यक्षमा गोरखापत्रकी सिर्जना खत्री निर्वाचित भइन् । कोषाध्यक्षमा खत्री र हेल्थपाटी केदार गौतम प्रतिस्पर्धामा थिए ।

सदस्यहरुमा उपेन्द्र खड्का, सिर्जना कार्की, कृष्ण आचार्य, लक्ष्मी चौलागाई, सुरेश खनाल, बिना न्यौपाने, सन्तोष निरा राई निर्वाचित भए । कार्यसमितिको कार्यकाल दुई वर्ष हुने मञ्चको विधानमा छ ।

मञ्चको अधिवेशनमा द राइजिङ नेपालकी पत्रकार अजिता रिजाललाई क्रियाशिल स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार मञ्चका लुम्बिनी प्रदेश संयोजक बासुदेव न्यौपानेले स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?