काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको मुद्दामा सबै बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जवाफी बहस समेत सकिएको हो ।
केहीबेरअघि सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरुको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको थियो ।
जवाफ बहस सकिएपछि केहीबेरमा आदेश आउनेछ ।
यसअघि नै दुई अदालतले लामिछानेलाई सहकारी ठगीको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंले क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया