काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए ।
नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रामा लैजाने आफूहरूको चाहना रहेको बताए । देशलाई स्वाधीन बनाउने एजेण्डा र नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित निर्वाचनमा जान लागेको बताए । उनले नेपाली जनताको पैसा, दया, माया नभई विश्वास भए मात्रै पुग्ने बताए ।
एक पटक नेकपालाई विश्वास गरेको खण्डमा आजको व्यवसाय, उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता गरे । कसैले पनि हेप्न नसक्नेगरी नेपालको व्यवसायलाई माथि उकास्ने उनको भनाइ छ । नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने उनले बताए । महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधीनता, समाजवादको पक्षमा हुन बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया