काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को भेला आउँदो चैतमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।
आइतबार वीरगञ्जमा सम्पन्न पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अध्यक्ष राईको राजनीतिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको पार्टी महासचिव मोहम्मद इस्तियाक राईले बताए ।
उनले पार्टीको जिल्ला र प्रदेश कमिटिहरुलाई पूर्णता दिने गरी सांगठनिक प्रतिवेदन समेत पारित गरेको बताए । पार्टी संघीय परिषदको भेला आयोजना गर्नुभन्दा अगावै पार्टीलाई पूर्णता दिने निर्णय भएको महासचिव राईले बताए ।
उनले बैठकमा संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जानकारी दिए । बैठकमा मधेसवादी दलहरू एकीकृत भएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया