राप्रपा बैठक : कांग्रेस–एमाले दुई दलीय व्यवस्थातिर उन्मुख, यी हुन् १५ निर्णय

लोकपथ
161
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको बैठक आज सकिएको हो ।

बैठकले विभिन्न १५ वटा निर्णयहरु गरेको छ ।

बैठकले वर्तमान सरकारको समीक्षा गरेको छ । साथै बहुदलीय व्यवस्था अंगिकार गरेका नेपाली कांग्रेस र नेकपा एमालेले अहिले आएर दुई दलीय सर्वसत्तावाद लागु गर्न खोजेको आरोप लगाइएको छ ।

‘कांग्रेस र एमाले बहुदलीय व्यवस्थाको मूल्य, मान्यता, शिद्धान्त, प्रचलित अभ्यास र मर्म विपरित बहुदलीय व्यवस्था मासेर दुई दलीय सर्वसत्तावादतर्फ उन्मुख हुँदै गएको संकेतहरु देखिँदैछन्,’ निर्णयमा भनिएको छ ।

त्यस्तै बैठकले विभिन्न विषयमा समीक्षासहित सरकारसँग त्यसको सुधारका लागि माग समेत गरेको छ । बैठकले बजारमा सिमेन्टको मूल्य अत्यधिक वृद्धि भएको भन्दै त्यसको न्यूनिकरणका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?