नेपालस्थित भारतीय दूतावासले यसरी मनायो ७६औँ गणतन्त्र दिवस (तस्बिरहरु)

लोकपथ
98
Shares

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७६औँ गणतन्त्र दिवस मनाएको छ ।

आइतबार लैनचौरस्थित दूतावासमा एक विशेष समारोह गरी भारतीय दूतावासले गणतन्त्र दिवस मनाएको हो ।

नेपालका लागि भारतीय राजदूतले नविन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्रको दिवसको अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरे ।

सो अवसरमा उनले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यहरुलाई पनि शुभकामना व्यक्त गरे । तत्पश्चात कार्यक्रममा भारतका माननीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो ।

कार्यक्रममा भारतीय समुदायका सदस्यहरूको ठूलो संख्यामा उपस्थिति थियो।

त्यस्तै राजदूतले भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड रकम वितरण गरी सम्मान गरे ।

यसका साथै, भारतीय सशस्त्र बलका २१९ जना मृतक सदस्यका श्रीमती र निकटतम नातेदारलाई २३.२९ करोड रकम पनि वितरण गरिएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ(इन(सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन्। राजदूतले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू–२०२५ पत्रिकाको पनि लोकार्पण गरे।

दूतावासले नेपालका ६ वटा प्रदेशमा फैलिएका २९ वटा शैक्षिक संस्थाहरुलाई २३ लाख ५ हजार बराबरका पुस्तकहरु प्रदान गरेको छ ।

२०८१ कार्तिक २६ गतेदेखि मंसिर २६ गतेसम्म आयोजित भारत को जानिए (बीकेजे) क्विजमा नेपालका शीर्ष ५० स्कोररहरुलाई ‘सर्टिफिकेट्स अफ अचिभमेन्टु’ प्रदान गरेर सम्मान गरियो ।

पुरस्कारको अंशको रूपमा, विश्वभरका क्विजका शीर्ष ३० विजेताहरूलाई यस महिनाको सुरुवातमा दुई हप्ते बीकेजे यात्राको लागि भारत आमन्त्रित गरिएको थियो । विजेताहरूमध्ये नेपालका श्री निखिल कुमार दास पनि थिए जसले भारतको यो विशेष यात्राको हिस्सा बन्ने मौका प्राप्त गरेका थिए ।

कार्यक्रममा विगतका वर्षहरुमा भारत–नेपाल सम्बन्धमा भएको प्रगतिबारे विस्तृत जानकारी भिडियोमार्फत प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा काठमाडौंको दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?