काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
आइतबार राति साढे १० बजे छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती बिकलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ ।
बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया