रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान साढे ११ बजेबाट पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीति, पार्टीका आन्तरिक गतिविधि, विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१), निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१, सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने सम्बन्धमा, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन लगायतका विषयहरूमा छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?