काठमाडौं । इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
प्यालेस्टिनी कैदी क्लबका प्रमुख अब्दुल्लाह जाघारीले कैदीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरण गरिएको बताए ।
केही कैदीहरूलाई ओफर जेलबाट वेस्ट बैंकमा रिहा गरिएको थियो भने गाजा वा विदेश निर्वासनको लागि लगिएका अरूलाई दक्षिणी इजरायलको नेगेभ जेलबाट रिहा गरिएको थियो । रामल्लाह गभर्नरेटका प्यालेस्टिनी अधिकारीहरूले पनि रिहाको समन्वय गरेका थिए । रिहा गरिएकाहरूमध्ये १६ जना गाजा गए ।
प्यालेस्टिनी कैदी मामिला प्राधिकरणकाअनुसार २०० कैदीहरूमा १२१ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए । ७९ जना लामो सजाय भोगिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया