काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वी नेपालको भ्रमणमा निस्किएका छन् ।
पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलाई लिएर प्रचण्ड पूर्व नेपालको भ्रमणमा निस्किएका हुन् ।
भ्रमणका क्रममा अहिले तेह्रथुमको लालिगुराँस गाउँपालिका–२ स्थित चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गरेका छन् ।
२ दिन पूर्वी नेपालको भ्रमणका लागि निस्किएका प्रचण्डले आजै शहीद पार्क उद्घाटन गर्नेछन् । साथै पार्टीका विभिन्न
कार्यक्रमहरुमा समेत प्रचण्डको उपस्थिती रहने उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया